काठमाडौं — असोज ७ गते (भोलि) हुन गइरहेको नेपाली कांग्रेसको ललितपुर महानगर अधिवेशनमा सभापति पदका लागि दुई जनाले आकांक्षा व्यक्त गरेका छन्। वर्तमान नगर प्रवक्ता राजु महर्जन र पूर्व उम्मेदवार गणेशभक्त श्रेष्ठ सभापतिको दौडमा देखिएका हुन्।
महर्जन ललितपुर महानगरपालिका–९ का बासिन्दा हुन् भने श्रेष्ठ वडा नं. १३ का हुन्। श्रेष्ठले यसअघिको अधिवेशनमा पनि सभापति पदका लागि प्रतिस्पर्धा गरेका थिए, जहाँ उनी वर्तमान सभापति शुभानन धाख्वासँग पराजित भएका थिए। उनले पुनः सभापतिमा उम्मेदवारी दिनका लागि पार्टीका नेता तथा कार्यकर्ताहरूसँग छलफल तीव्र बनाएको बताएका छन्।
नेपाली कांग्रेस ललितपुरका वर्तमान नगर सभापति शुभानन धाख्वाका अनुसार भोलि खोकना दोबाटोमा आयोजना हुने अधिवेशनमा ७५० भन्दा बढी क्षेत्रीय प्रतिनिधिहरूले सहभागिता जनाउनेछन्।
प्रकाशित मिति : २०८३ असोज ६ गते मङ्गलवार






