बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको अध्यक्षमा ईश्वर लामा निर्वाचित



काठमाडौं । बागमती पेट्रोलियम डिलर्स एशोसिएशनको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनबाट ईश्वर लामा अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन समितिले सार्वजनिक गरेको अन्तिम मतपरिणामअनुसार लामाले ७७ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिस्पर्धी प्रल्हाद तिमिल्सिनाले ४२ मत प्राप्त गरे।

विशिष्ट उपाध्यक्षमा कुमार श्रेष्ठ ७३ मतसहित निर्वाचित भएका छन्। वरिष्ठ उपाध्यक्ष पदमा विष्णुकुमार खड्का ८३ मत प्राप्त गर्दै विजयी बने भने उनका प्रतिस्पर्धी लिलेश्वर प्रसाद प्रधानले ४५ र भरत सापकोटाले ३२ मत प्राप्त गरे।

प्रथम उपाध्यक्षमा केशव कासुला तथा द्वितीय उपाध्यक्षमा नितेश सरिया निर्विरोध निर्वाचित भएका छन्। सचिव पदमा रामप्रसाद तिमिल्सिना ६९ मतसहित विजयी हुँदा उनका प्रतिस्पर्धी राजकुमार साहले ४६ मत प्राप्त गरे।

कोषाध्यक्ष पदमा यसु प्रधान ६५ मतसहित निर्वाचित भए भने उनका प्रतिस्पर्धी जनार्दन फुयालले ५१ मत प्राप्त गरे। सहसचिवमा पुरुषोत्तम रेग्मी ७३ मतसहित विजयी भए। सहकोषाध्यक्ष पदमा निकेश घिमिरे ४३ मत प्राप्त गर्दै निर्वाचित हुँदा शंकर अधिकारीले ३५ मत प्राप्त गरे।

यसैगरी प्रकाशराज खड्का ७६ मतसहित निर्वाचित भएका छन्।
कार्यकारी सदस्यतर्फ महेन्द्र घिमिरे (९६), नवराज लामिछाने (९७), सुगत मानन्धर (९३), शंकर न्यौपाने (८४), विशाल बखती (७९), सुरेश दुवाल श्रेष्ठ (७५) र संजयकुमार श्रीवास्तव (६९) निर्वाचित भएका छन्। सुनिल अवाले, ध्रुव भण्डारी, लिला सिंह ठकुरी र सन्तोष खुलाल भने निर्वाचित हुन सकेनन्।

निर्वाचन अधिकृत राजेन्द्र श्रेष्ठ, शेखरबाबु कार्की तथा प्रमुख निर्वाचन अधिकृत सुवर्ण थापाले मतगणना सम्पन्न भएपछि अन्तिम नतिजा सार्वजनिक गरेका हुन्।

नवनिर्वाचित कार्यसमितिले बागमती प्रदेशका पेट्रोलियम व्यवसायीको हकहित संरक्षण, व्यवसायिक एकता सुदृढीकरण, इन्धन आपूर्ति व्यवस्थापनमा प्रभावकारी समन्वय तथा व्यवसायसँग सम्बन्धित नीतिगत विषयमा सक्रिय भूमिका निर्वाह गर्ने अपेक्षा गरिएको छ। साथै, आगामी कार्यकालमा संस्थागत सुदृढीकरण, व्यवसायीका साझा समस्याको समाधान तथा सदस्यहरूको हित प्रवर्द्धनलाई प्राथमिकतामा राखेर काम गर्ने विश्वास एशोसिएशनले व्यक्त गरेको छ।

प्रकाशित मिति : २०८३ साउन १६ गते शनिवार