काठमाडौं । काठमाडौंमा शैक्षिक परामर्श केन्द्रको नाममा ठगी धन्दा चलाएको आरोपमा प्रहरीले ६९ जना सञ्चालकलाई पक्राउ गरेको छ ।
नेपाल प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका अनुसार विदेशमा उच्च शिक्षा अध्ययनका लागि पठाइदिने भन्दै ठगी गरेको उजुरी, गुनासो तथा निवेदनका आधारमा शुक्रबार काठमाडौंका ९५ वटा शैक्षिक परामर्श केन्द्रमा छापा मारिएको हो ।
प्रहरीले मापदण्ड तथा प्रक्रिया पूरा नगरी, दर्ता नवीकरण नगरी तथा बिना इजाजत शैक्षिक परामर्श सेवा, पूर्वतयारी कक्षा र भाषा शिक्षण सञ्चालन गरिरहेका केन्द्रका सञ्चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाइएको जनाएको छ ।
यसैबीच, यस्ता शैक्षिक परामर्श केन्द्रबाट ठगीमा परेका व्यक्तिहरूलाई प्रहरीसँग यथाशीघ्र सम्पर्क गर्न आग्रह गरिएको छ ।
प्रकाशित मिति : २०८३ जेष्ठ १ गते शुक्रवार






