आज सरकारको नीति तथा कार्यक्रम सार्वजनिक हुँदै, सुशासनदेखि डिजिटाइजेसनसम्मलाई उच्च प्राथमिकता



सरकारले आज आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ। राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने कार्यतालिका छ। सरकारले सुशासन, सार्वजनिक सेवा प्रवाहमा गुणस्तरीय सुधार, आर्थिक पारदर्शिता, पूर्वाधार विकास, सामाजिक क्षेत्र, कृषि आधुनिकीकरण, उद्योग प्रवर्द्धन, पर्यटन विस्तार तथा डिजिटल अर्थतन्त्र निर्माणलाई मुख्य प्राथमिकतामा राखेको छ।

आगामी पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय न्यूनतम ३ हजार अमेरिकी डलर पुर्‍याउने, अर्थतन्त्रको आकार १०० अर्ब अमेरिकी डलर नजिक लैजाने र नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्य नीति तथा कार्यक्रममा समेटिने बताइएको छ। साथै कृत्रिम बुद्धिमत्ता, सूचना प्रविधि, उत्पादनमूलक रोजगारी सिर्जना र संरचनात्मक आर्थिक सुधारमार्फत दिगो आर्थिक रूपान्तरणको आधार तयार गर्ने सरकारको तयारी छ।

प्रकाशित मिति : २०८३ बैशाख २८ गते सोमवार