बत्तिसपुतली–गौशाला व्यापार व्यवसायी संघको १६औं वार्षिकोत्सव भव्य रूपमा सम्पन्न



काठमाडौं, २८ चैत । बत्तिसपुतली–गौशाला व्यापार व्यवसायी संघको १६औं वार्षिकोत्सव, भित्तेपात्रो विमोचन तथा नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

काठमाडौं महानगरपालिका वडा नं. ९ का अध्यक्ष रामजी भण्डारीको प्रमुख आतिथ्य तथा संघका अध्यक्ष डासुराम घिमिरेको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा विभिन्न व्यवसायी तथा सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रममा गौशाला प्रहरी वृत्तका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) प्रकाश श्रीमल, राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष मनोज बहादुर श्रेष्ठ, नयाँ बानेश्वर व्यापार संघका अध्यक्ष रमेशमान श्रेष्ठ, कोटेश्वर व्यवसायी संघका अध्यक्ष नीलप्रसाद घिमिरे, संघका संरक्षक देवीप्रसाद प्रसाईं लगायत संघका पदाधिकारी तथा व्यवसायीहरू सहभागी भएका थिए।

कार्यक्रमका प्रमुख अतिथि रामजी भण्डारीले नयाँ वर्षको अवसरमा सम्पूर्ण व्यवसायीहरूलाई शुभकामना व्यक्त गर्दै व्यवसायीहरूको हकहित र सुरक्षाका लागि आवश्यक समन्वय गर्ने प्रतिबद्धता जनाए।
त्यसैगरी कार्यक्रमका सभापति तथा संघका अध्यक्ष डासुराम घिमिरेले व्यवसायीहरूको समस्याप्रति संघ गम्भीर रहेको उल्लेख गर्दै घरबहाल कर घटाउने विषयमा पहल भइरहेको जानकारी दिए। उनले व्यवसायमैत्री वातावरण निर्माणका लागि सबै पक्षसँग सहकार्य आवश्यक रहेको धारणा व्यक्त गरे।

कार्यक्रमको सञ्चालन संघका सचिव गोपिकृष्ण बडालले गरेका थिए भने प्रथम उपाध्यक्ष अर्जुन कोइरालाले स्वागत मन्तव्य व्यक्त गरेका थिए।
सो अवसरमा गौशाला प्रहरी वृत्तको पुनःनिर्माणमा सहयोग पुर्‍याउने व्यवसायीहरूलाई सम्मान गरिएको थियो। साथै संघलाई विज्ञापनमार्फत सहयोग गर्ने व्यवसायीहरूलाई पनि कदरपत्रसहित सम्मान प्रदान गरिएको थियो।

उक्त कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो भने सहभागीहरूले आपसी सहकार्य र एकताबाट व्यवसाय क्षेत्रलाई अझ सशक्त बनाउने प्रतिबद्धता व्यक्त गरेका थिय।

प्रकाशित मिति : २०८२ चैत्र २८ गते शनिवार