एथर रिज्टा एस नेपालभर सार्वजनिक, सुरुवाती १५० ग्राहकलाई २० हजार रुपैयाँ छुट



काठमाडौं। नेपालमा इलेक्ट्रिक दुईपांग्रे सवारीको बजार विस्तार गर्दै वैद्य इनर्जी प्रा.लि.ले एथर इनर्जीको नयाँ इलेक्ट्रिक स्कुटर एथर रिज्टा एस (Ather Rizta S) नेपालभर औपचारिक रूपमा सार्वजनिक गरेको छ।

कम्पनीका अनुसार नयाँ स्कुटरको सुरुवाती मूल्य २ लाख ९४ हजार ९ सय रुपैयाँ तोकिएको छ। लन्चको अवसरमा पहिलो १५० ग्राहकलाई २० हजार रुपैयाँ छुट दिइने भएको छ, जसअनुसार यसको प्रभावकारी मूल्य २ लाख ७४ हजार ९ सय ९९ रुपैयाँ पर्नेछ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुर्यान्श वैद्यले रिज्टा एस नेपाली परिवारका लागि सरल, व्यावहारिक र भरपर्दो इलेक्ट्रिक मोबिलिटी समाधान बन्ने विश्वास व्यक्त गरेका छन्।

रिज्टा सिरिज अन्तर्गत अहिले दुई मोडेल उपलब्ध रहेका छन्। रिज्टा एसमा २.७ किलोवाट घण्टा ब्याट्री रहेको छ, जसले १२३ किलोमिटरको IDC रेंज दिने कम्पनीले जनाएको छ। यसमा ८० किलोमिटर प्रतिघण्टा अधिकतम गति, ४.३ किलोवाट पिक पावर, र २२ एनएम टर्क क्षमता रहेको छ।

यस स्कुटरमा फराकिलो सिट, ठूलो स्टोरेज स्पेस, अटो होल्ड, फल सेफ र इमर्जेन्सी स्टप सिग्नल जस्ता सुरक्षा तथा सुविधा सम्बन्धी फिचरहरू समावेश गरिएको छ, जसले शहर तथा ग्रामीण सडकमा दैनिक प्रयोगलाई सहज बनाउने कम्पनीको दाबी छ।

कम्पनीले ‘एथर एस्योरेन्स प्याकेज’ मार्फत ३ वर्ष वा ३० हजार किलोमिटर ब्याट्री वारेन्टी उपलब्ध गराउने जनाएको छ, जसलाई ५ वर्ष वा ६० हजार किलोमिटरसम्म विस्तार गर्न सकिनेछ।

नेपालभर रहेका एथर एक्सपिरियन्स सेन्टरमार्फत स्कुटरको बुकिङ खुला गरिएको छ। ग्राहकले ९९९ रुपैयाँ तिरेर प्राथमिकता बुकिङ गर्न सक्नेछन् भने देशभर मार्च २७, २०२६ देखि डेलिभरी सुरु गरिएको कम्पनीले जनाएको

प्रकाशित मिति : २०८२ चैत्र १३ गते शुक्रवार