काठमाडौं ।बेष्ट फाइनान्स कम्पनी लिमिटेडको २९औँ वार्षिक साधारणसभा (AGM) वि.सं. २०८२ पुष ३० गते बिहान ११ बजे सिद्धार्थ कटेज, तिनकुने, काठमाडौंमा सफलतापूर्वक सम्पन्न भएको छ।
साधारणसभाले आर्थिक वर्ष २०८१/८२ का वित्तीय विवरण तथा प्रमुख उपलब्धिहरू माथि छलफल गर्दै ती प्रतिवेदनलाई सर्वसम्मत रूपमा पारित गरेको छ। प्रस्तुत विवरणअनुसार कम्पनीले अघिल्लो वर्षमा सन्तोषजनक कारोबार र आम्दानी हासिल गरेको जानकारी शेयरधनीहरूसमक्ष प्रस्तुत गरिएको थियो।
सभाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लेखापरीक्षक नियुक्ति गर्ने प्रस्तावलाई पनि अनुमोदन गरेको छ। वित्तीय पारदर्शिता, सुशासन र नियमन अनुपालनलाई थप सुदृढ बनाउने उद्देश्यले उक्त निर्णय गरिएको कम्पनीले जनाएको छ।
त्यसैगरी, साधारणसभामा मर्जर तथा अधिग्रहण (Merger/Acquisition) सम्बन्धी प्रस्तावमाथि छलफल गरी अनुमोदन गरिएको छ। सो प्रक्रियाका लागि आवश्यक ड्यू डिलिजेन्स अडिट (Due Diligence Audit) तथा मूल्याङ्कनकर्ता (Valuator) नियुक्त गर्ने प्रस्तावलाई समेत स्वीकृति प्रदान गरिएको छ, जसले सम्भावित मर्जर तथा लगानी निर्णयलाई थप प्रभावकारी बनाउने विश्वास व्यक्त गरिएको छ।
सभामा सञ्चालक समिति तथा व्यवस्थापन पक्षले कम्पनीको आगामी कार्यदिशा, दीगो वृद्धि, सेवा विस्तार र शेयरधनी तथा ग्राहकको विश्वास मजबुत बनाउने प्रतिबद्धता दोहोर्याएका थिए। साधारणसभाबाट पारित निर्णयहरू कार्यान्वयन गर्दै बेष्ट फाइनान्स संस्थागत सुदृढीकरण र वित्तीय सेवा विस्तारतर्फ अघि बढ्ने योजना रहेको जनाइएको छ।





