काठमाडौं । छ्याङ्दी हाइड्रोपावर लिमिटेडको बारौ वार्षिक साधारण सभा (AGM) काठमाडौंमा सम्पन्न भएको छ। सभामा कम्पनीको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन तथा लेखापरीक्षित वित्तीय विवरण पारित गरिएको छ।
सभामा प्रस्तुत विवरणअनुसार कम्पनीले लमजुङ जिल्लामा अवस्थित ४ मेगावाट र २ मेगावाट क्षमताका छ्याङ्दीखोला साना जलविद्युत आयोजनाबाट नियमित विद्युत उत्पादन गर्दै नेपाल विद्युत प्राधिकरणलाई आपूर्ति गरिरहेको जनाएको छ। आर्थिक वर्षको अवधिमा विद्युत बिक्री आम्दानीमा वृद्धि भए पनि विद्युत खरिद दर न्यून रहेकाले नाफा अपेक्षाअनुसार हुन नसकेको बताइएको छ।
साधारण सभाले लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गर्नुका साथै कम्पनीको प्रवन्धपत्र र नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अधिकार प्रदान गरेको छ। साथै, कम्पनीले आगामी दिनमा नयाँ जलविद्युत आयोजनामा लगानी विस्तार गर्ने नीति लिएको जानकारी दिइएको छ।





