हर्क सम्पाङले कारबाही गरेका मित्र परियार नेपाली कम्युनिष्ट पार्टीमा प्रवेश



काठमाडौं । हर्क सम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीका उपाध्यक्ष डा.मित्र परियार नेपाली कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन् । उनलाई आज बिहान पार्टी संयोजक प्रचण्डले हात्तीवनस्थित निवासमा स्वागत गरे ।

बुटवलमा ५ पुसमा भएको कार्यक्रममा आयोजकप्रति गरिएको व्यवहारलाई लिएर अध्यक्ष सम्पाङले परियारमाथि कारबाही गरेको जानकारी यसअघि सार्वजनिक भएको थियो ।

पार्टी प्रवेशका क्रममा प्रचण्डले प्राज्ञिक व्यक्तित्वलाई पार्टीमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए । डा. परियारले पनि जनयुद्ध र गणतन्त्र स्थापनामा प्रचण्डको योगदानबाट प्रभावित भएको उल्लेख गर्दै दलित मुक्ति आन्दोलनलाई नयाँ उचाइमा पुर्‍याउने प्रतिबद्धता जनाए ।

प्रकाशित मिति : २०८२ पुष ११ गते शुक्रवार