सानदार जितसहित सुदूरपश्चिम रोयल्स फाइनलमा



सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्समाथि ७७ रनको उत्कृष्ट जित निकाल्दै सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को फाइनलमा स्थान बनाएको छ। सुदूरपश्चिम लगातार दोस्रो सिजन फाइनल पुगेको हो। गत सिजनमा उसले जनकपुर बोल्ट्ससँग उपाधि गुमाएको थियो।

अब सुदूरपश्चिमले शनिबार हुने फाइनलमा दोस्रो क्वालिफायरको विजेतासँग खेलेर उपाधि चुनौती दिनेछ।

विराटनगरको ब्याटिङ धराशायी
१५६ रनको लक्ष्य पछ्याउँदै मैदान उत्रिएको विराटनगर १४.१ ओभरमै ७८ रनमा अलआउट भयो। पहिलो सात बलमै तीन विकेट गुमाएपछि विराटनगर संकटमा परेको थियो। हिजलेट, गप्टिल र नरेन भट्ट क्रमशः कुगेइलिन र टोलीको उत्कृष्ट फिल्डिङका कारण सस्तामा आउट भए।

फाफ डु प्लेसिसले ३६ रनको योगदान दिए पनि अन्य ब्याटर टिक्न सकेनन्। सुदूरपश्चिमका कुगेइलिन, हर्मित सिंह र अभिनास बोहराले २–२ विकेट लिए।

सुदूरपश्चिमको १५५ रन
टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले ७ विकेटमा १५५ रन बनाएको थियो। विनोद भण्डारीले ५२ बलमा ६३ रनको उत्कृष्ट इनिङ खेले। शेल्डन ज्याक्सले २०, आरिफ शेखले २० रन जोडे। विराटनगरका मर्स्याङ डि लाङ र प्रतिश जिसीले २–२ विकेट लिए।

अबको खेल
बुधबार: काठमाण्डु vs लुम्बिनी — इलिमिनेटर
बिहीबार: दोस्रो क्वालिफायर — विराटनगर सहित
शनिबार: फाइनल — सुदूरपश्चिम vs दोस्रो क्वालिफायरको विजेता

प्रकाशित मिति : २०८२ मङ्सिर २४ गते मङ्गलवार