सुदूरपश्चिमको अपराजित यात्रामा पूर्णविराम, विराटनगर क्वालिफायरमा



काठमाडौं । फाफ डु प्लेसी र साम हिजलेटको आक्रमक अर्धशतकको सहारामा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सलाई ६ विकेटले पराजित गरेको छ । यो जितसँगै ६ खेलदेखि अपराजित रहेको सुदूरपश्चिमको यात्रामा पनि पूर्णविराम लागेको छ ।

सुदूरपश्चिमले दिएको १४८ रनको लक्ष्य विराटनगरले ११.५ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्‍यो। यस जितपछि विराटनगरले ७ खेलमा ५ जितसहित १० अंक बनाउँदै अंकतालिकाको दोस्रो स्थानमा उक्लिएको छ । समान १० अंक भए पनि नेटरनरेटका आधारमा विराटनगरले काठमाडौं क्यापिटल्सलाई पछि पारेको हो। अब विराटनगरले पहिलो क्वालिफायरमा सुदूरपश्चिमसँगै प्रतिस्पर्धा गर्ने पक्का भएको छ।

प्रकाशित मिति : २०८२ मङ्सिर २१ गते शनिवार