काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले विद्यालय व्यवस्थापन समिति (वि.व्य.सि.) गठन नगर्ने पालिकालाई संघीय अनुदान रोक्का गर्ने चेतावनी दिएका छन्। उनले पालिकाहरूले नियमअनुसार वि.व्य.सि. गठन गर्न सूचना जारी भएको बताउँदै केही पालिकाले मनोमानी ढंगले विद्यालय सञ्चालन गरिरहेकाले कारवाहीको तयारी भएको बताए।
मन्त्री पुनका अनुसार समिति गठन नगर्ने पालिकाहरूको नाम संकलन भइरहेको छ र नियमन पालना नगर्ने विद्यालयको अनुदान रोकिनेछ।
प्रकाशित मिति : २०८२ मङ्सिर १८ गते बुधवार





