काठमाडौँ । कप्तान सन्दीप लामिछानेको उत्कृष्ट बलिङ प्रदर्शनमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपिएल) मा लगातार तेस्रो जित दर्ता गरेको छ। सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा साविक विजेता जनकपुर बोल्टलाई विराटनगरले ९ रनले पराजित गर्दै अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको हो।
यो पराजयसँगै जनकपुर लगातार दोस्रो खेलमा चुक्दा, विराटनगरले यसअघि पोखरा एजेन्जर्स र काठमाडौं गोर्खाजलाई हराइसकेको छ।
सन्दीपको घातक बलिङ
विराटनगरलाई रोमाञ्चक जित दिलाउन कप्तान सन्दीप लामिछाने निर्णायक बने। उनले ४ ओभरमा ११ रन खर्चिँदै ४ विकेट लिए र आफ्नो स्पेलमा कुनै चौका–छक्का हान्न दिएनन्। १५ बल डट गराएका सन्दीपको बलिङले जनकपुरको रन–रेस धरासायी बन्यो।
१३६ रनको सामान्य लक्ष्य पछ्याएको जनकपुरले ९ विकेट गुमाउँदै १२६ रन मात्र बनायो।
प्रकाशित मिति : २०८२ मङ्सिर ९ गते सोमवार





