कर्णाली याक्सले टस जितेर पहिले बलिङ गर्ने



नेपाल प्रिमियर लिगमा लुम्बिनी लायन्स कर्णाली याक्सबीचको खेल सुरू हुँदैछ। त्रिवि मैदान कीर्तिपुरमा शनिबार बिहान साढे ११ बजेदेखि खेल सुरू हुनेछ।

खेलमा कर्णालीले पहिले बलिङ गर्ने भएको छ। कर्णालीले टस जितेर पहिले बलिङ गर्ने निर्णय गरेको हो। कर्णालीले पहिलो खेलमा पराजय भोगेको थियो।

मंगलबार भएको खेलमा कर्णाली चितवन राइनोजसँग ४ विकेटले पराजित भएको थियो। चितवन राइनोजलाई नै पराजित गर्दै लुम्बिनीले प्रतियोगिता जितबाट सुरू गरेको थियो। बिहीबार भएको खेलमा लुम्बिनीले चितवनलाई ६ विकेटले पराजित गरेको थियो।

सोमपाल कामीको कप्तानीमा रहेको कर्णालीको प्लेइङ-११ मा उनीसँगै अर्जुन घर्ती, विपिन प्रसाद शर्मा, नन्दन यादव, पवन सर्राफ, युवराज खत्री, गुल्सन झा, मार्क वाट, विल बसिस्टो, नजिबउल्लाह जर्दान र प्रियांक पञ्चाल छन्।

त्यस्तै रोहित पौडेल कप्तान रहेको लुम्बिनीको प्लेइङ-११ मा उनीसँगै सन्दीप जोरा, दिलिप नाथ, शेर मल्ल, अभिशेष गौतम, सुमित महर्जन, समीर अली, गुलबदिन नाइब, रूबेन ट्रम्पलम्यान, जेजे स्मित र ड्याक्री शर्ट छन्।

प्रकाशित मिति : २०८२ मङ्सिर ७ गते शनिवार