काठमाडौं । भारतको अग्रणी टायल्स तथा बाथवेयर निर्माता कम्पनी सोमानी सेरामिक्स लिमिटेडले नेपाल र दक्षिण–पूर्वी एसियाका लागि नेपाल क्रिकेट टिमका पूर्व कप्तान पारस खड्कालाई आफ्नो ब्रान्ड एम्बेसडर घोषणा गरेको छ।
कम्पनीका अनुसार यो सहकार्यले सोमानी सेरामिक्स र नेपाली उपभोक्ताबीचको सम्बन्धलाई अझ सुदृढ बनाउने तथा बजारमा कम्पनीको अग्रणी स्थानलाई थप मजबुत बनाउने उद्देश्य राखिएको छ।
अब पारस खड्का सोमानीका टायल्स, बाथवेयर, एडेसिभ, वाटरप्रुफिङ लगायत सम्पूर्ण उत्पादनहरूको प्रवर्द्धनमा संलग्न हुनेछन्। उनी विभिन्न प्रचार–प्रसार कार्यक्रम, विज्ञापन र प्रवर्द्धनात्मक गतिविधिमा ब्रान्डको प्रतिनिधित्व गर्नेछन्।
सोमानी सेरामिक्सका सह–अध्यक्ष सुजित मोहन्तीले पारसलाई सोमानी परिवारमा स्वागत गर्दै भने “उनको समर्पण र उत्कृष्टताको यात्रा हाम्रो ब्रान्डको नवीनता र नेतृत्वको दर्शनसँग मेल खान्छ। नेपाल हाम्रो महत्वपूर्ण बजार भएकाले पारसको विश्वसनीय छवि र जनसम्पर्कले हाम्रो ब्रान्डलाई अझ सशक्त बनाउनेछ।”
त्यस्तै कम्पनीका उपाध्यक्ष तथा मार्केटिङ प्रमुख अंशुमन चक्रवर्तीले पारसलाई नेपाली समाजमा प्रेरणादायी व्यक्तित्वका रूपमा चित्रित गर्दै भने “उनी खेल क्षेत्रमा मात्र होइन, इमानदारी र सकारात्मक सोचका कारण सबै पुस्ताका प्रिय छन्। उनी सोमानीका गुणस्तर, नवीनता र विश्वासका मूल्यहरूलाई प्रभावकारी रूपमा प्रस्तुत गर्न सक्ने व्यक्ति हुन्।”
ब्रान्ड एम्बेसडरका रूपमा नियुक्त भएपछि पारस खड्काले भने “उत्कृष्टता र गुणस्तरमा निरन्तर केन्द्रित सोमानीसँग सहकार्य गर्न पाउनु मेरो लागि गौरवको विषय हो। सोमानी घर सजावटमा प्रिमियम र विश्वासिलो नाम हो, र यसको प्रतिबद्धता मैले नजिकबाट महसुस गरेको छु।”
कम्पनीले निकट भविष्यमा पारसलाई विभिन्न ब्रान्ड प्रवर्द्धन गतिविधि र कार्यक्रमहरूमा सहभागी गराउने जनाएको छ।
सोमानी सेरामिक्स लिमिटेडबारे
सोमानी सेरामिक्स भारतको सिरामिक उद्योगका अग्रणी कम्पनीमध्ये एक हो, जसले भित्ते र फ्लोर टायल्स, पोलिश्ड मेट्रिफाइड टायल्स, स्ल्याब्स, सेनिटरीवेयर, बाथ फिटिङ्स, एडेसिभ लगायतका उत्पादनहरू निर्माण गर्छ।
कम्पनीको वार्षिक उत्पादन क्षमता ७५ मिलियन वर्गमिटर रहेको छ। विश्वभर १२ हजारभन्दा बढी रिटेल आउटलेट र ५०० भन्दा बढी एक्सक्लुसिभ सोरुमहरू संचालनमा छन्, र यसको उत्पादन ८० भन्दा बढी देशहरूमा निर्यात हुन्छ। नेपालमा यो नं.१ टायल्स र बाथवेयर ब्रान्डको रूपमा स्थापित छ।





