प्रथम बकैया धनेश्वर कप भोलिबाट



हेटौंडा । पूर्विमकवानपुरको बकैया गाउँपालिका वडा नम्बर-७ हात्तीखोला मिनि रंगशालामा भोलि (असोज ३० गते)बाट पालिका स्तरीय प्रथम धनेश्वर गोलकप सुरु हुने भएको छ । धनेश्वर युवा क्लबद्वारा आयोजित खेलमा २१ टिमको सहभागीता रहने छ भने खेल कात्तिक ३ गतेसम्म चल्ने छ।

खेलमा प्रथम पुरस्कार नगद ३० हजार, द्वितीय पुरस्कार नगद १५ हजार ट्रफी, मेडेल र प्रमाणत्र साथै विधागत पुरस्कारको पनि व्यवस्था रहेको आयोजक क्लबले जानकारी दिएको छ ।

प्रकाशित मिति : २०८२ असोज २९ गते बुधवार