काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न भएको छ। कम्पनीका अध्यक्ष खगेन्द्र न्यौपानेको अध्यक्षतामा आज नयाँ बजारस्थित सासा बैंक्युट एण्ड इभेन्ट म्यानेजमेन्टमा सभा आयोजना गरिएको हो।
सभाले सञ्चालक समितिको प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन तथा अन्य वित्तीय विवरण पारित गरेको छ। त्यसैगरी, सर्वसाधारण समूहबाट तीन जना सञ्चालक नियुक्त गर्ने प्रस्ताव र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने प्रस्ताव पनि पारित भएको छ।
कम्पनीले चालु आर्थिक वर्षमा शेयरधनीलाई लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
प्रकाशित मिति : २०८२ असोज १० गते शुक्रवार





