काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री महावीर पुनले केही दिनसम्म फोन नगर्न र म्यासेज नपठाउन अनुरोध गरेका छन्। मन्त्रालयमा गतिलो र सिर्जनशील टिम बनाउने प्रक्रियामा आफू व्यस्त भएको उनले बताएका छन्।
पुनले सामाजिक सञ्जाल फेसबुकमार्फत लेखेका छन्, “अस्तीदेखि मोबाइल, मेसेन्जर र ह्वाट्सअपमा हजारौं कल र मेसेज आइरहेका छन्। म मन्त्रालयमा एउटा गतिलो र सिर्जनशील टिम बनाउन व्यस्त छु। त्यसैले केही दिनको लागि अनावश्यक फोन नगर्न र मेसेज नपठाउनु होला।”
राष्ट्रिय आविष्कार केन्द्रका संस्थापकसमेत रहेका पुन सोमबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री नियुक्त भएका हुन्। मन्त्री पुनको मागअनुसार उनलाई मन्त्रालयभित्रै खाने–बस्ने सुविधा उपलब्ध गराइएको छ। उनले आफ्नो बस्ने ठाउँ पाँचतारे होटल सरहको व्यवस्था भएको भन्दै सन्तोष व्यक्त गरेका छन्।
प्रकाशित मिति : २०८२ असोज ८ गते बुधवार





