हिल्टन हाइड्रो इनर्जी लिमिटेडको चौथो वार्षिक साधारणसभा सम्पन्न



काठमाडौँ — हिल्टन हाइड्रो इनर्जी लिमिटेडको चौथो वार्षिक साधारणसभा बिहीबार सम्पन्न भएको छ । सभा काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन्स प्रा.लि.मा अपरान्ह ३ बजे सुरु भएको थियो ।

सभामा सञ्चालक समितिका अध्यक्षले आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । त्यसैगरी लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा–नोक्सान विवरण, नगद प्रवाह विवरण पारित गरिएको छ ।

सभा अन्तर्गत आ.व. २०८२/८३ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गरिएको छ । साथै सञ्चालक समिति बैठकमा उपस्थित सदस्यको बैठक भत्ता अनुमोदन, स्वतन्त्र सञ्चालक नियुक्ति र सञ्चालक समितिले गरेको व्यक्तिगत तथा संस्थागत जमानीसम्बन्धी निर्णय अनुमोदन गरिएको कम्पनीले जनाएको छ ।

यसैगरी, कम्पनीले आ.व. २०८१/८२ को मुनाफाबाट चुक्ता पूँजीको करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ ।

विशेष प्रस्तावतर्फ, स्वतन्त्र सञ्चालकको कार्यकाल सम्बन्धमा कम्पनी नियमावली संशोधन गर्ने निर्णय गरिएको छ । साथै, विद्युत नियमन आयोग तथा नेपाल धितोपत्र बोर्डलगायत नियामक निकायको निर्देशन अनुसार आवश्यक परे कम्पनीको प्रवन्धपत्र र नियमावली संशोधन गर्ने अख्तियारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गरेको छ ।

प्रकाशित मिति : २०८२ असोज ३ गते शुक्रवार