भक्तपुर । गठ्ठाघरस्थित स्थित अन्नपूर्ण बहुमुखी सहकारी संस्था लिमिटेडले आफ्नो २८औं वार्षिक साधारणसभा सम्पन्न गरेको छ। संस्थाका अध्यक्ष श्याम सुन्दर बस्नेतको सभापतित्व र मध्यपुर ठिमी नगरपालिका वडा-३ का अध्यक्ष कृष्णहरी आचार्यको प्रमुख आतिथ्यमा शनिबार ( २१ भदौ ) सम्पन्न उक्त साधारणसभाले अध्यक्षद्वारा प्रस्तुत संस्थाको आर्थिक वर्ष २०८१/८२ को संचालक समितिको वार्षिक प्रतिवेदन छलफल र सुझावसहित पारित गरेको छ।
संस्थाका सचिव राजन प्रसाद पराजुलीले सदस्यहरुबीच अन्तर्कृयात्मक ढंगले संचालन गरेका उक्त साधारणसभाले संस्थाको समीक्षा आ.व. को वासलात, लेखापरीक्षण प्रतिवेदन , नगद प्रवाह विवरण , नाफा- नोक्सान हिसाब लगायतका वित्तीय विवरण समेत पारित गरेको छ।
समीक्षा आर्थिक वर्षमा संस्थाको शेयर पूँजी रु. ९,११,९५,६००/- पुगेको प्रतिवेदनमा उल्लेख छ। त्यस्तै , यस आ. व. मा निक्षेप रु. ५१,६७,९९,६८६/- र कर्जा प्रवाह रु. ५५,५६,९९,७८०/ रहेको संस्थाले यस वर्ष रु. ४९,३९,५३१/- मुनाफा आर्जन गरेको छ। त्यस्तै, संस्थाको जगेडा कोषमा रु. ३,९४,७९,५४९/- पुगेको छ।
कार्यक्रममा सहकारीका अध्यक्ष श्याम सुन्दर बस्नेतले परिणाममुखी रणनीति र व्यवस्थापन एवं कर्मचारीहरुको मिहिनेतको कारण संस्थालाई मजवुत अवस्थामा ल्याउन सकेको बताए । संस्थाले कर्जा असुली र शंकास्पद ऋण व्यवस्थापनमा ध्यान दिइरहेको उनले जानकारी दिए। संस्थामा हाल पर्याप्त तरलता कायम गरिएको र संस्थाका वित्तीय सुचाङ्कहरु अन्तर्राष्ट्रिय वित्तीय मापन प्रणाली पल्सका आधारमा मापन गरि संस्थाको अवस्था अध्ययन गर्ने गरिएको अध्यक्ष बस्नेतले कार्यक्रममा बताए।





