माग सम्बोधन नभए भदौ १८ गतेदेखि विद्यालय बन्द गर्ने निजी विद्यालय सञ्चालकहरूको चेतावनी



काठमाडौं । विद्यालय शिक्षा विधेयकमा राखिएका प्रावधानविरुद्ध निजी विद्यालय सञ्चालकहरूको संस्था प्याब्सन, नेसनल प्याब्सन, हिसान, अपेन र एनएमएले आन्दोलन तीव्र बनाएका छन्।

निजी विद्यालयलाई गैरनाफामूलक बनाउने र विद्यार्थी संख्याका आधारमा १०–१५ प्रतिशतलाई पूर्ण छात्रवृत्ति दिनुपर्ने व्यवस्थाप्रति आपत्ति जनाउँदै उनीहरूले भदौ १८ गतेसम्म माग सम्बोधन नभए अनिश्चितकालीन विद्यालय बन्द गर्ने चेतावनी दिएका छन्।

संयुक्त विज्ञप्तिमा सरकारले चासो नदिए बाध्यतावश विद्यालय बन्द गर्ने र आन्दोलनलाई अझ कडा बनाउने उल्लेख गरिएको छ।

प्रकाशित मिति : २०८२ भाद्र १२ गते बिहिवार