काठमाडौँ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा सांसद महिन्द्रराय यादवले बाल शिक्षा पढाउनेलाई सहजकर्ता नभई बाल शिक्षक भन्नुपर्ने सुझाव दिएका छन्।
सिंहदरबारस्थित समिति सचिवालयमा बुधबार बोल्दै यादवले विधेयकमा लेखिएको “सहजकर्ता” शब्दलाई हटाएर “बाल शिक्षक” राख्नुपर्ने बताए।
उनले थपे, “नागरिकले आफ्ना बच्चालाई मातृभाषामै शिक्षा दिन पाउने अधिकार सुनिश्चित गर्नुपर्छ। यो अधिकार कानुनमा स्पष्ट रूपमा उल्लेख हुन आवश्यक छ।”
त्यसैगरी यादवले विधेयकलाई आजकै बैठकमा पारित गर्नुपर्ने धारणा राख्दै भने, “सहमति भए सहमतिमा, नभए असहमति दर्ज गरेरै भए पनि विधेयक पास गर्नुपर्छ।”
प्रकाशित मिति : २०८२ भाद्र ५ गते बिहिवार





