प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक आज दिउँसो ३ बजे सिंहदरबारस्थित समितिको सभाकक्षमा बस्ने भएको छ ।
बैठकमा सचिवालयले तयार पारेको विद्यालय शिक्षा विधेयक, २०८० सम्बन्धी प्रतिवेदन पेस गरिने कार्यसूची रहेको छ । साथै, समितिका सदस्यहरुलाई उक्त प्रतिवेदन उपलब्ध गराउने तयारी भइरहेको सचिवालयले जनाएको छ ।
प्रतिवेदन अध्ययनपछि समितिको बैठकमा छलफल गरी पारित गर्ने प्रक्रिया अघि बढाइनेछ ।
प्रकाशित मिति : २०८२ भाद्र २ गते सोमवार





