काठमाडौं । शिक्षक सेवा आयोगले माध्यमिक तहको अध्यापन अनुमतिपत्रका लागि विज्ञापन खुलाएको छ। आयोगले सूचना प्रकाशित गर्दै न्यूनतम योग्यता पुगेका तथा तोकिएका तालिम प्राप्त गरेका इच्छुक व्यक्तिहरूलाई अनलाइनमार्फत दरखास्त दिन आह्वान गरेको छ।
आयोगले शिक्षक सेवा आयोग नियमावली २०७५ (संशोधनसहित)को प्रावधानअनुसार दरखास्त प्रक्रिया अघि बढाउने जनाएको छ। इच्छुकहरूले आयोगको आधिकारिक अनलाइन दरखास्त प्रणाली https://license.tsc.gov.np मार्फत आवेदन दिन सक्ने छन्।

प्रकाशित मिति : २०८२ साउन ३२ गते शनिवार





