शिक्षा विधेयकको विषयमा छलफल गर्न डाकियो शिक्षा समितिको बैठक



विद्यालय शिक्षा विधेयकको विषयमा छलफल गर्न शिक्षा समितिको बैठक डाकिएको छ । शिक्षा समितिका सभापति अम्मरबहादुर थापाका अनुसार समितिको बैठक सोमबार बिहान ११ बजे बस्दै छ ।

समितिका सभापति थापा पनि सरकारको रबैया देखि हैरान भएका छन् । भोलिको बैठकमा सहमति जुटाएर जतिसक्दो चांडो विधेयक प्रतिनिधिसभामा पेश गर्ने थापाको भनाई छ । भोलि कुरा मिलेको खण्डमा बिधेयक साउन २ अगाडी नै पास हुने थापाको भनाई छ ।

प्रकाशित मिति : २०८२ असार २९ गते आइतवार