लगातार पाँचौं दिन पनि बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?



नेपाली बजारमा आज (बुधबार) पनि सुनको मूल्य बढेको छ। गत शुक्रबारदेखि बढ्ने क्रममा रहेको सुनको मूल्यले यसदिन पनि निरन्तरता पाएको हो।

मंगलबार प्रतितोला दुई हजार नौ सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ९३ हजार दुई सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ९२ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। मंगलबार चाँदी प्रतितोला दुई हजार ४५ रूपैयाँमा कारोबार भएको चाँदी बुधबार दुई हजार ७५ रूपैयाँमा किनबेच भइरहेको छ।

यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३० रूपैयाँ बढेको हो।

प्रकाशित मिति : २०८२ जेष्ठ २२ गते बुधवार