शिक्षा ऐन छिटो ल्याउन कांग्रेस दृढ छः देउवा



नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षा ऐन र निजामती ऐन ल्याउन कांग्रेस दृढ रहेको बताएका छन् । पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले शिक्षा ऐन र निजामती ऐन छिटो ल्याउन कांग्रेसले पहल गर्ने बताए ।

देउवाले भने, ‘शिक्षा ऐन, निजामती ऐन ल्याउने कुरामा पनि नेपाली कांग्रेस दृढ छ। सामाजिक सुरक्षा भत्ता वितरणमा समाजवादी अवधारणा बमोजिम नसक्नेलाई उपलब्ध गराउनुपर्ने देखिन्छ भने योगदानमा आधारित सामाजिक सुरक्षा असंगठित क्षेत्रका श्रमजीविहरूले पाउन सहज होस्, भन्नका निमित्त कानून संशोधन गरेर व्यावहारिक रूपमा कार्यान्वयन गर्नुपर्ने हुन्छ। अनौपचारिक क्षेत्रका श्रमिकका निम्ति श्रमिक पहिचान पञ्जीकरणका लागि स्थानीय तहमा व्यवस्था गर्न पार्टीले पहल गर्ने नै छ।’

प्रकाशित मिति : २०८२ जेष्ठ १० गते शुक्रवार