तोलामा १७ सय बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार?



काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि भाउ प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ८ सय रुपैयाँ थियो ।

चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९९० रुपैयाँ रहेको चाँदी आज २ हजार २५ रुपैयाँ पुगेको छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ९ गते बिहिवार