ललितपुरका ६ स्थानीय तहः बेरुजुमा बागमती अगाडी, कोन्ज्योसोम पनि सूचीमा



महालेखापरिक्षकको ६२ औं प्रतिवेदनले ललितपुर जिल्लाका ६ वटा स्थानीय तहको बेरुजु जम्मा २१ करोड ५५ लाख ६८ हजार रहेको औंल्याएको छ । महालेखापरिक्षकको ६२ औं प्रतिवेदनले यस्तो बेरुजु औंल्याएको हो । प्रतिवेदनमा उल्लेख भएको तथ्यांकअनुसार सबैभन्दा बढी बागमती गाउँपालिकामा बेरुजु रहेको छ । बागमतीमा २.५७ प्रतिशत बेरुजु रहेको प्रतिवेदनमा उल्लेख छ । महालेखापरिक्षकको ६१ औं प्रतिवेदनमा बागमतीको बेरुजु ०.९२ रहेको थियो । यस वर्ष बेरुजु बढेको हो । यस्तै दोश्रो स्थानमा गोदावरी नगरपालिका रहेको छ । गोदावरी नगरपालिकाको १.८५ प्रतिशत बेरुजु रहेको छ ।

यस्तै, महालक्ष्मी नगरपालिकाको १.५२ प्रतिशत, महाँकाल गाउँपालिकाको ०.७५ प्रतिशत, ललितपुर महानगरपालिकाको ०.५२ प्रतिशत र यसअघि शून्य बेरुजु रहेको कोन्ज्योसोम गाउँपालिकाको यस वर्ष ०.०७ प्रतिशत बेरुजु रहेको छ ।

रकमका आधारमा गोदावरीमा ८ करोड २१ लाख ३५ हजार बेरुजु रहेको प्रतिवेदनले उल्लेख छ । दोश्रोमा ललितपुर महानगरपालिकामा ५ करोड ५५ लाख २१ हजार रुपैयाँ बेरुजु रहेको पाइएको छ । यस्तै महालक्ष्मी नगरपालिकामा ४ करोड ४२ लाख ४८ हजार, बागमती गाउँपालिकामा २ करोड ७२ लाख ७५ हजार, महाँकाल गाउँपालिकामा ५७ लाख ४६ हजार रुपैयाँ बेरुजु पाइएको छ । जिल्लामै सबैभन्दा कम कोन्ज्योसोम गाउँपालिकामा ६ लाख ४३ हजार रुपैयाँ बेरुजु रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार