शिक्षा विधेयकः शिक्षकको सरुवा दुई वर्षमा पालिका भित्र, सात वर्षमा अन्तरप्रदेश



विद्यालय शिक्षा विधेयकमा शिक्षक सरुवा पालिका भित्र दुई वर्षमा, अन्तरपालिका पाँच वर्ष र अन्तर प्रदेश सात वर्षमा गर्ने सहमती भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिमा यस्तो सहमती भएको हो ।

अब स्थानीय तहले दुई वर्ष कुनै विद्यालयमा काम गरेको शिक्षकलाई अर्को विद्यालयमा सरूवा गर्न सक्नेछ। पाँच वर्ष सेवा गरेको शिक्षकलाई प्रदेश सरकारको शिक्षा मन्त्रालयले एउटा स्थानीय तहबाट अर्कोमा सरूवा गर्न सक्नेछ। अन्तरप्रदेश सरूवा भने सात वर्ष सेवा गरेपछि हुन सक्नेछ। यसका लागि दुई प्रदेशको सहमतिको आवश्यकता हुने जनाइएको छ।

प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार