विद्यालय शिक्षा विधेयकमा विद्यालय कर्मचारीको दरबन्दी कायम गर्ने सहमती भएको छ । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिअन्तर्गत नेकपा एमालेका सांसद छविलाल विश्वकर्मा संयोजक रहेको उपसमितिमा यस्तो सहमती भएको हो ।
अब विद्यालय कर्मचारीको दरबन्दी कायम गरेर सोही अनुसारको सेवासुविधा दिने सहमती भएको हो । यस्तै कर्मचारीलाई सामाजिक सुरुक्षा कोषमा आबद्ध गर्नुपर्ने व्यवस्था समेत गरिएको छ । उपसमितिलिे आज आइतबार दिउँसो ३ बजे समितिलाई प्रतिवेदन बुझाउने तयारी गरेको छ ।
प्रकाशित मिति : २०८२ जेष्ठ ५ गते आइतवार





