काठमाडौं । नेपाली बजारमा सुनको मूल्य एकै दिन एक हजार ७०० रुपैयाँ बढेर कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।
मंगलबार सुन प्रतितोला एक लाख ८९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।
चाँदी मंगलबारकै मूल्यमा कारोबार भइरहेको छ । महासंघका अनुसार चाँदी प्रतितोला एक हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २४ गते बुधवार





