काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको उपसमितिले विद्यालय शिक्षा विधेयकमाथि दफावार छलफल सकाएको छ । समितिले दिएको समय सिमाभित्र रहेर उपसमितिले छलफल सकाएको हो ।
‘उपसमितिको समय र दफावार छलफल पनि सकियो । उपसमितिले प्रतिवेदन लेखिरहेको छ,’ समितिका सचिव दशरथ धमलाले भने, ‘अब उपसमितिले पास गर्न बाँकी छ ।’
सोमबार समितिको बैठक बोलाइएको छ । सो बैठकमा प्रतिवेदन लेख्नका लागि केही समय माग गर्ने उपसमितिको तयारी छ । सोमबारको समिति बैठकमा उपसमितिले अहिलेसम्म भएको प्रगति विवरण पेस गर्ने भएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख २२ गते सोमवार





