स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने



काठमाडौं । सरकारले स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउने जनाएको छ । शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्मा आगामी वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै स्वास्थ्य बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउन बीमा कार्यक्रमलाई पुनर्संरचना गर्ने जानकारी दिए ।

उनले भने,‘ बीमा सेवालाई सर्वसुलभ र भरपर्दाे बनाउन स्वास्थ्य बीमा कार्यक्रमलाई पुनर्संरचना गरी दिगो बनाइने छ, ।’

स्वास्थ्य क्षेत्रका सबै सहायता र सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने बताइएको छ ।
‘स्वास्थ्य क्षेत्रमा आउने सबै सहायता, सहुलियतका कार्यक्रमलाई स्वास्थ्य बीमामा आबद्ध गरिनेछ,’ उनले भने ।

प्रकाशित मिति : २०८२ बैशाख १९ गते शुक्रवार