काठमाडाैँ । विद्यालय शिक्षासम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० लाई प्रतिनिधि सभाबाट यथाशीघ्र पारित गरिने सत्तापक्षका नेताहरूले लिखित प्रतिबद्धता जनाएका छन्।
नेपाल शिक्षक महासङ्घको आह्वानमा २०८१ चैत २० गतेदेखि काठमाडौंमा जारी शिक्षक तथा कर्मचारीहरूको पेशागत आन्दोलनका सन्दर्भमा प्रमुख सत्तारुढ दलका नेताहरूले संयुक्त रुपमा जारी गरेको प्रतिबद्धता पत्रमा विद्यालय शिक्षा विधेयक २०८० चालु संसद् अधिवेशनभित्र—अर्थात २०८२ असार १५ गतेभित्र—पारित गराउने उल्लेख गरिएको छ।


प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार





