९ बुँदेसँगै सकियो शिक्षक आन्दोलन, हाताहाती ऐन लाने सपना चक्नाचुर



काठमाडौं । शिक्षकहरूको आन्दोलन भोलि (बिहीबार) बाट स्थगित हुने भएको छ । सरकार र शिक्षक महासंघबीच ९ बुँदामा सहमति भएसँगै आन्दोलन स्थगित भएको हो ।

मन्त्रिपरिषद्को निर्णयपछि सहमतिका बुँदा सार्वजनिक गर्ने र आन्दोल स्थगित गर्ने बैठकमा सहभागी एक सदस्यले बताए । यो सँगै अब शिक्षकहरू विद्यालय फर्कन सहमत भएका हुन् । यस्तै सरकारले विद्यालय शिक्षा ऐन असार १५ सम्म जारी गर्ने सहमति भएको छ । हाताहाती ऐन लाने महासंघको सपना चक्नाचुर भएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १७ गते बुधवार