‘पालिका, प्रशासनकाे चौतर्फी दबाब खारेज गर्छौं, शिक्षा ऐन जारी नभए फर्कन्नौ’ : अध्यक्ष सुवेदी



काठमाडौं । नेपाल शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले शिक्षामन्त्रीसँग वार्तापछि आन्दोलनरत शिक्षकहरुलाई सम्बोधन गर्दै शिक्षा ऐन बटम लाइन भएको बताएका छन् । शिक्षा ऐन बाहेक अन्य माग समेटेर शिक्षक आन्दोलन अन्त्य नहुने समेत उनले बताए ।

यस्तै उनले पालिकाहरुले निकालेको विज्ञप्ति प्रति लक्षित गर्दै भनेः सबै तिरको दबाब थेगेर यसपटक शिक्षा ऐन लिएर मात्रै फर्किन्छौँ । ‘पालिका, प्रशासन र चौतर्फी दबाबको खारेज गर्छौं, शिक्षा ऐन जारी नभए फर्कन्नौ !’ उनले काठमाडौं आउनबाँकी शिक्षकहरुलाई तत्काल आउन समेत आग्रह गरे ।

प्रकाशित मिति : २०८२ बैशाख १३ गते शनिवार