वार्ताका लागि सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयतर्फ गएको नेपाल शिक्षक महासंघको टोली वार्ता नगरी फर्किएको छ। शुक्रबार दिउँसो महासंघकाे टोली वार्ताका लागि भन्दै सिंहदरबारतर्फ लागेको थियो। त्यसअघि शिक्षामन्त्री रघुजी पन्तले उनीहरूलाई वार्ताका लागि डाकेका थिए।
वार्ताका लागि मन्त्रालयले नै २५ सदस्यीय नामावली सार्वजनिक गरेपछि महासंघ हच्किएको हो । मन्त्रालयले सार्वजनिक गरेको २५ सदस्यीय नामावलीले तरंग ल्याएसँगै सरकार र महासंघको वार्ता अनिश्चित भएको छ ।
प्रकाशित मिति : २०८२ बैशाख १२ गते शुक्रवार





