रघुजी पन्त शिक्षामन्त्री बन्ने पक्का, शपथ भोलि



काठमाडौं । नेकपा एमालेले रघुजी पन्तलाई शिक्षामन्त्री बनाउने भएको छ । शिक्षामन्त्रीबाट विद्या भट्टराईले राजीनामा दिएपछि पद रिक्त भएको पदमा उनलाई नियुक्त गरिएको हो । उनलाई भोलि शपथ गराउने तयारी भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटार स्रोतका अनुसार शिक्षामन्त्रीमा पन्तलाई नियुक्त गरिसकिएको छ ।

प्रकाशित मिति : २०८२ बैशाख १० गते बुधवार