काठमाडौँ । चैत २० गते देखि सडक सङ्घर्षमा रहेको नेपाल शिक्षक महासंघ भोलीबाट आन्दोलनको समय परिवर्तन गरेको छ। यसअघि गर्दै आएको आन्दोलनको समयले परिवर्तन गरेर बिहान ११ बजे देखी २ बजे तोकेको हो।
शिक्षाका महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुबेदीले फेसबुक मार्फत भोलीबाट हुने आन्दोलनको समय फेरिएको जानकारी दिएका हुन् । उनले लेखेका छन् , ‘सूचना: २०८२ वैशाख १० गतेबाट आन्दोलनको समय बिहान ११:०० बजे देखि दिउसो २:०० बजेसम्म हुने कुरा जानकारी गराइन्छ । नेपाल शिक्षक महासङ्घ ।’
यसअघि बिहान ११ बजे देखि बेलुका ४ बजेसम्म आन्दोलनको समय निर्धारण गरिएको थियो भने ७ गते देखि आज ९ गतेसम्म ९ बजेदेखि १२ बजेसम्म आन्दोलन र प्रदर्शन गर्दै आएको महासङ्घले भोलीबाट समय परिवर्तन गरेको हो।
प्रकाशित मिति : २०८२ बैशाख ९ गते मङ्गलवार





