शिक्षक आन्दोलनको समय परिवर्तन, अब बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म



शिक्षक आन्दोलनको समय परिवर्तन भएको छ । शिक्षक महासंघको आज बसेको समिक्षा बैठकले आन्दोलनको समय परिवर्तन गर्ने निर्णय गरेको हो ।

भोलि वैशाख ७ गतेदेखि महासंघले बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म सडक प्रदर्शन गर्ने भएको छ । यसअभि महासंघले दिउँसो १२ बजेदेखि ३ बजेसम्म प्रदर्शन गदै आएको थियो । समय परिवर्तनको जानकारी शिक्षक महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले सामाजिक संजाल मार्फत दिएका छन् ।

प्रकाशित मिति : २०८२ बैशाख ६ गते शनिवार