काठमाडौं ।नेपाल शिक्षक महासंघका प्रतिनिधिले प्रधानमन्त्री केपी ओलीसँग भेट गर्ने भएका छन् । आन्दोलनको नेतृत्व गरिरहेको महासंघको टोलीले प्रधानमन्त्री ओलीलाई आज साँझ भेट्न लागेको हो ।
‘प्रधानमन्त्रीले ७ बजेको समय दिनु भएको छ । हाम्रो माग मुद्दाबारे प्रधानमन्त्रीलाई जानकारी गराउँछौं,’ महासंघका महासचिव तुलाबहादुर थापाले भने । प्रधानमन्त्री ओलीलाई भेट्नु अघि महासंघ छलफलमा जुटेको र त्यहाँबाट आफ्ना माग मुद्दा प्रधानमन्त्रीलाई बझाउने उनले बताए ।
शिक्षक आन्दोलनका क्रममा वानेश्वरमा भेटिएका उनले कोको जाने भन्ने बारे बैठकबाट निर्णय हुने बताए ।
प्रकाशित मिति : २०८२ बैशाख ५ गते शुक्रवार





