कक्षा १० को परीक्षा स्कुलले लिने, एसईई नहुने



काठमाडौं । शिक्षा ऐनमा माध्यमिक शिक्षा परीक्षा (एसईई)नगर्ने सहमति जुटेको छ । विद्यालय शिक्षा विधेयकमाथिको दफावार छलफलको क्रममा संसदको शिक्षा, स्वास्थ्य तथा प्रविधि समितिको उपसमितिमा एसईई नगर्ने सहमति जुटेको हो ।

‘आधारभूत र माध्यमिक गरी दुई तह छ । १ देखि ८ सम्मको परिक्षा स्थानीय तहले गर्ने । माध्यमिक तहको परिक्षा राष्ट्रिय परीक्षा बोर्डले संचालन गर्ने सहमति जुटेको छ । एसईई नगर्ने पनि सहमति भएको छ’, उपसमिति स्रोतले बतायो ।

विद्यालय तहको अन्तिम परीक्षा १२ कक्षाको हुने भएकाले १० को परीक्षा स्कुलस्तरमै गर्न सहमति जुटेको हो ।

प्रकाशित मिति : २०८१ चैत्र २९ गते शनिवार