काठमाडौं । नेपाल शिक्षक महासंघले सरकारसँग वार्ता गर्न चार सदस्यीय टोली बनाएको छ । सहअध्यक्ष नानुमाया पराजुलीको नेतृत्वमा महासंघले वार्ता टोली बनाएको हो । ‘आज शिक्षा सचीवले शिक्षा विधेयकमा छलफल गर्न महासंघको टोली आउनू भनेर पत्र पठाउनु भएको थियो । हामीले जाने निर्णय गरेका छौं,’ पराजुलीले भनिन् । वार्ता भोलि बिहीबारको लागि तय भए पनि समय भने शिक्षा सचिवसँग छलफल गरेर तय गरिने उनले बताइन् ।
वार्ताको माध्यमबाट समस्या समाधान गर्न सकिने भन्दै सरकारले महासंघलाई यसअघ तीन पटक वार्तामा बोलाएको थियो । तर, महासंघले ऐन जारी हुने सुनिश्चित आधार नभएसम्म वार्तामा नजाने सर्त राख्दै आएको थियो ।
प्रकाशित मिति : २०८१ चैत्र २६ गते बुधवार





