काठमाडौं । नेपाली बजारमा साताको पहिलो दिन सुनको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार सुन आज तोलामा १९ सय रुपैयाँ घटेको हो।
महासंघका अनुसार शुक्रबारको तुलनामा आज सुनको मूल्य घटेर कारोबार भइरहेको छ। जसअनुसार आज सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार १ लाख ७६ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि घटेको छ। जसअनुसार आइतबार चाँदी तोलामा एक हजार
प्रकाशित मिति : २०८१ चैत्र २३ गते आइतवार





