संसदीय समितिमा शिक्षा विधेयकको दफावार छलफल सुरु, यही अधिवेशनबाट पास होला ?



काठमाडौं । विद्यालय शिक्षा विधेयकबारे संसदीय समितिमा दफावार छलफल सुरु भएको छ ।

प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सुचना प्रविधि समितिमा आज (बुधबार) बाट दफावार छलफल सुरु भएको हो । सात वटा प्रदेश, विज्ञ र सरोकारवालाबाट आएको सुझावसँगै सांसदबाट परेको संशोधनलाई एकीकृत गरेर दवाफार छलफल सुरु भएको हो ।

विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै शिक्षकहरूले आन्दोलन गरिरहेका छन् । यो विधेयक २०८० भदौ २७ मा दर्ता भएको थियो । विधेयकमा १ हजार ७ सय ५८ बुँदामा संशोधन परेको छ ।

प्रकाशित मिति : २०८१ चैत्र ५ गते बुधवार