आइजिपी कुँवरसँगै बिदा भए ८ वरिष्ठ अधिकृत



नेपाल प्रहरीका आइजिपी बसन्तबहादुर कुँवरसँगै आठ जना वरिष्ठ अधिकृतहरू पनि बिदा भएका छन्। सोमबार मध्यरातिदेखि ३० वर्षे सेवा अवधिका कारण आइजिपी कुँवर अवकासमा गएका हुन्।

त्यसअघि नै मन्त्रिपरिषदको बैठकले एआइजी दीपक थापालाई ३१औं आइजिपी नियुक्त गर्ने निर्णय गरिसकेको थियो।

निर्णय भएसँगै प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच आइजिपी कुँवर र अन्य ८ जना वरिष्ठ अधिकृतहरूको बिदाइ गरिएको हो।

एआइजीहरू टेकप्रसाद राई, बुद्धिराज गुरूङ, दुर्गा सिंह, कुवेर कडायत र जनक भट्टराईलाई बिदा गरिएको छ। त्यस्तै डिआइजी ध्रुवराज राउत, भोलाबहादुर रावल र गणेश चन्दको पनि बिदाइ गरिएको हो।

कुँवरले नवनियुक्त आइजिपी थापालाई सफल कार्यकालको शुभकामना समेत दिए।

समारोहमा कुँवरले आफ्नो कार्यकालमा सम्पादन भएका कार्यहरू एवं प्रहरी संगठनमा हाल सञ्चालनमा रहेका महत्वपूर्ण कार्यहरू समेटिएर तयार गरिएको कार्य सम्पादन प्रतिवेदन नवनियुक्त आइजिपी थापालाई हस्तान्तरण गरेका थिए।

प्रकाशित मिति : २०८१ चैत्र ४ गते मङ्गलवार