आजदेखि शिक्षक आन्दोलन, अध्यक्ष सुवेदी भन्छन्ः शिक्षा ऐन जारी नभएसम्म सडक आन्दोलन रोकिदैन



laxmi kishor

नेपाल शिक्षक महासङ्घले आज हुने आन्दोलनमा २० हजार भन्दा बढी शिक्षकहरू उतार्ने भएको छ । विगतमा भएका सबै सहमति सम्बोधन हुनेगरी, विद्यार्थी, शिक्षक कर्मचारी मैत्री शिक्षा ऐन जारी गराउन भन्दै आन्दोलनमा उत्रिएको महासङ्घको दाबी छ ।

नेपाल शिक्षक महासङ्घका अध्यक्ष लक्ष्मी किशोर सुवेदीले विद्यालय शिक्षा ऐन जारी नभएसम्म आन्दोलनबाट शिक्षकहरू पछाडी नहट्ने र ऐन जारी गराएर छोड्ने गरी आन्दोलनमा होमिएको बताए । उनले बाहिर जिल्लाका शिक्षकहरू आउने क्रम जारी रहेको र काठमाडौँ आसपासका शिक्षकहरू आजको जुलुसमा सहभागी हुने जानकारी दिए ।

सुवेदीका अनुसार आजको विरोध सभापछि एसईई परीक्षा सकाएर तत्कालै अघिल्लो वर्षको जस्तो बृहत् सडक आन्दोलन गरिने र ऐन नआएसम्म सडकमै रहने बताए ।

प्रकाशित मिति : २०८१ फाल्गुन २४ गते शनिवार