फेरी बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?



नेपाली बजारमा आज (बुधबार) पनि सुन–चाँदीको मूल्य बढेको छ। मंगलबार प्रतितोला एक हजार चार सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला नौ सय रूपैयाँ बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ७० हजार चार सय रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६९ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।

यस्तै, बुधबार चाँदीको मूल्य पनि बढेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार नौ सय ५० रूपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार चाँदी प्रतितोला एक हजार नौ सय ४० रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १० रूपैयाँ बढेको हो।

प्रकाशित मिति : २०८१ फाल्गुन २१ गते बुधवार