प्रधानमन्त्री ओलीको प्रश्नः ‘एसइई’मा धेरै विद्यार्थी अनुत्तीर्ण हुनेगरि पढाउने शिक्षकको तलब किन बढाउने?



प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एसइई’मा धेरै विद्यार्थी अनुत्तीर्ण हुनेगरि पढाउने शिक्षकको तलब बढाउन नसकिने बताएका छन् । जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले तलब बढाउन नसकिने कुरा बताएका हुन् ।

ओलीको संसद् विघटन सही भन्दै महासंघलाई झुकाउन बाध्य बनाएको एनएनटिएको नेतृत्व अब कुन मुख देखाएर हिँड्छ हेर्न बाँकी छ ।

उनले भने “खान लाउन नपाउनेलाई सरकारले हेर्नुपर्छ । पढ्न नसक्नेलाई सरकारले पढाउनुपर्छ । शुल्क तिर्न सक्नेलाई छात्रवृत्ति दिइरहनुुपर्छ भन्ने छैन । आफैँ तिरेर उच्चशिक्षा पढ्न चाहने स्वदेशी र विदेशीलाई सरकारी वा निजी सबै शिक्षालयमा पूर्वाधार सुविधा र कोटा बढाएर अध्ययन गर्ने वातावरण तयार गर्नुपर्दछ”, प्रधानमन्त्री ओलीले भने, “निजी विद्यालयलाई गुठीमा लानुपर्छ भन्ने छैन । शिक्षा क्षेत्र खेलबाड गर्ने थलो होइन । ‘एसइई’मा ५२ प्रतिशत अनुत्तीर्ण हुने स्थिति र प्रणालीलाई अन्त्य गर्नुपर्छ ।”

ओलीले ‘एसइई’मा धेरै सङ्ख्यामा विद्यार्थी अनुत्तीर्ण हुने गरी पढाउने शिक्षकलाई तलब बढाउन नसकिने र विद्यार्थीलाई बुझाएर पढाउन नसक्ने शिक्षकको कमजोरीको दोष विद्यार्थीलाई दिन नमिल्ने बताए । यसअघि प्रधानमन्त्री हुँदा आफूले ३९६ आधारभूत अस्पतालको एकै पटक शिलान्यास गरेको स्मरण गराउँदै उनले यसबीचमा प्रभावकारी रुपमा काम हुन नसकेको बताए ।

यससँगै अब एमालेकै शिक्षक संगठन एनएनटिएको मुखमा ओलीको बुट प्रहार भएको छ । ओलीको संसद् विघटन सही भन्दै महासंघलाई झुकाउन बाध्य बनाएको एनएनटिएको नेतृत्व अब कुन मुख देखाएर हिँड्छ हेर्न बाँकी छ ।

प्रकाशित मिति : २०८१ फाल्गुन १४ गते बुधवार